अन्तर्राष्ट्रिय

वार्ता भएको भोलिपल्टै अमेरिकी राष्ट्रपति बाइडेनको आरोप: चीनका राष्ट्रपति सी तानाशाही हुन्

Banner

काठमाडौँ, असार ६-

अमेरिका र चीनबीच उच्च तहको वार्ताको भोलिपल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना समकक्षी सी जिनपिङलाई तानाशाह भनेका छन् ।

क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले चिनीया राष्ट्रपति सीलाई तानाशाह भनेका हुन् ।

अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति कडा टिप्पणी गरेका छन् । अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको टिप्पणी थियो । ‘अमेरिकाले जासुसी बेलुन खसाल्दा सी निकै तनावमा पुगे । आफ्नो षड्यन्त्र विफल हुनुभनेको कुनै पनि तनाशाहका लागि लज्जाको क्षण हो’, बाइडेनले भनेका छन् ।

गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन पठाएको थियो । मौसमी अवस्था बुझ्न बेलुन पठाएको चीनले दाबी गर्दै आएको छ । तर अमेरिकाले जासुसीको उद्देश्यले चीनले बेलुन पठाएको बताउँदै आएको छ । बाइडेनको पछिल्लो भनाइप्रति बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन । वासिङ्टनले विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई पठाएर चिसिएको समबन्ध सुधारको पहल गरेको भोलिपल्टै बाइडेनको टिप्पणी आएको हो ।

विभिन्न समाचार एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>