Breaking News
रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुँदा अरूको वर्षौं किन लाग्यो
०

काठमाडौँ, असार ६-
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन्।
उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए। अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो।
‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने ?,’ सांसद सिंहले प्रश्न गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























