Breaking News

विश्वकप छनोटः नेपाल दोस्रो खेलमा विजयी, अमेरिका ६ विकेटले पराजित

Banner

काठमाडौँ, असार ५–

जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ । अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा २११ रन बनाउँदै जित हात पार्‍यो ।

४३औं ओभरका अन्तिम बलमा दिपेन्द्र सिंह ऐरीले चौका प्रहार गर्दै जित दिलाए । दिपेन्द्र ३९ रनमा अविजित रहे भने भीम सार्की ७७ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३९, रोहित पौडेलले १६, कुशल मल्ले १३ र आशिफ शेखले १२ रन बनाए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदै अलआउट हुन पुग्यो । गुलसन झाले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि अमेरिका २०७ रनमा समेटिएको हो । अमेरिकाको योगफल मध्यम अवस्थामा पुर्‍ याउन शायन जहाँगीरले शतकीय पारी खेले । उनी १०० रनमा अविजित रहे । सुशान्त मोदनीले ४२, वेष्टइन्डिजविरुद्ध शतक बनाएका गजानन्द सिंह २६ र जेसी सिंहले १२ रन बनाए । अमेरिकाको व्याटिङ सुरुवात निकै खराब रह्यो । ९.२ ओभरमा जम्मा १८ रन बनाउँदै अमेरिकाले ४ विकेट गुमाएको थियो । ओपनर स्टीवन टेलर ४, कप्तान आरोन जोन्स २, केन्जिगेले १ र साइतेजा मुक्कामल्ला शून्यमै आउट भए । पावर प्लेमा सबै ४ विकेट तिव्र गतिका बलर करण केसीले ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

अमेरिकालाई मध्यम योगफलमा रोक्ने क्रममा करणले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिए । यस्तै गुलशन झाले १० ओभरमा ५२ रन खर्चिदै ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए । स्पीनर ललित राजवंशीले १० ओभरमा २० रन खर्चिदै एक विकेट लिए । नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने आज पनि चलेनन् । उनले १० ओभरमा विना विकेट सर्वाधिक ५८ रन खर्चिए । पछिल्लो दुई एकदिवसीय खेलमा सन्दीप लगातार विकेट विहिन बन्न पुगेका छन् ।
नेपाल सुपर सिक्समा पुग्नका लागि आजको खेलमा जित्नै पर्ने दवाबमा थियो । जितसगै नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अन्तिम खेलसम्म नेपालले यही स्थान कायम गर्न सके सुपर सिक्समा प्रवेश गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>