Breaking News

विश्वकप छनोटः अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य, करण केसीले लिए ४ विकेट

Banner

काठमाडौँ, असार ५–

जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको मध्यम लक्ष्य दिएको छ ।

अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदै अलआउट हुन पुग्यो । गुलसन झाले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि अमेरिका २०७ रनमा समेटिएको हो । अमेरिकाको योगफल मध्यम अवस्थामा पुर्‍ याउन शायन जहाँगीरले शतकीय पारी खेले । उनी १०० रनमा अविजित रहे ।

सुशान्त मोदनीले ४२, वेष्टइन्डिजविरुद्ध शतक बनाएका गजानन्द सिंह २६ र जेसी सिंहले १२ रन बनाए । अमेरिकाको व्याटिङ सुरुवात निकै खराब रह्यो । ९.२ ओभरमा जम्मा १८ रन बनाउँदै अमेरिकाले ४ विकेट गुमाएको थियो । ओपनर स्टीवन टेलर ४, कप्तान आरोन जोन्स २, केन्जिगेले १ र साइतेजा मुक्कामल्ला शून्यमै आउट भए । पावर प्लेमा सबै ४ विकेट तिव्र गतिका बलर करण केसीले ४ विकेट लिए ।

अमेरिकालाई मध्यम योगफलमा रोक्ने क्रममा करणले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिए । यस्तै गुलशन झाले १० ओभरमा ५२ रन खर्चिदै ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए । स्पीनर ललित राजवंशीले १० ओभरमा २० रन खर्चिदै एक विकेट लिए । नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने आज पनि चलेनन् । उनले १० ओभरमा विना विकेट सर्वाधिक ५८ रन खर्चिए । पछिल्लो दुई एकदिवसीय खेलमा सन्दीप लगातार विकेट विहिन बन्न पुगेका छन् ।

नेपाल सुपर सिक्समा पुग्नका लागि आजको खेलमा जित्नै पर्ने दवाब छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेविरुद्ध नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>