Breaking News

चार दलले घोषणा गरे समाजवादी मोर्चा, बाबुराम भट्टराई मोर्चामा अटेनन्

Banner

काठमाडौं, असार ४-

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा नेसपा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी छैनन् । भट्टराईले नै सबैभन्दा पहिले मोर्चा वा केन्द्र बनाउने विषय उठाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>