चितवन विशेष
चितवनको राप्ती, माडी र नवलपुरको मध्यविन्दुका विद्यार्थीलाई सेन्ट्रल कलेजले दियो ५० प्रतिशत छुट

चितवन,असार ४-
सेन्ट्रल कलेजले चितवन र नवलपुरका तीन पालिकाका विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको राप्ती नगरपालिका,माडी नगरपालिका र नवलपुरको मध्यविन्दु नगरपालिकाका विद्यार्थीलाई कलेजले छुटको घोषणा गरेको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (बाइबी) पौडेलले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कलेजले छुट दिने बताउनुभयो । उहाँले भन्नुभयो,‘राप्ती, माडी र मध्यविन्दुका विद्यार्थीलाई भाषा कक्षा निःशुल्क र भिजा डकुमेन्टेशन तथा भिजा प्रोसेसिङमा पचास प्रतिशत छुट दिनेछौं ।’
उहाँका अनुसार त्यस क्षेत्रबाट जापान, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीले कलेजको मुख्य कार्यालय शहिदचोक नारायणगढ र शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् । कलेजले उच्च शिक्षा अध्ययनका लागि हजारौं विद्यार्थीलाई विभिन्न देशमा पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजमा दक्ष भाषा प्रशिक्षकबाट भाषा कक्षा संचालन भइरहेको भन्दै उहाँले सही परामर्शका लागि पनि सेन्ट्रल कलेजलाई रोज्न अनुरोध गर्नुभयो । उहाँले कलेजबाट पछिल्लो समय भिजा प्रोसेसिङ गरेका अधिकांसले नाम निकाल्न सफल भएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।


























