Breaking News
रास्वपाले ७७ जिल्लामा ७७ पटक घण्टी बजाउने

काठमाडौं, असार २-
राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउने भएको हो।
रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सात प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्। उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न आग्रह गरेका छन्।
‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन्।
गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो। ०८० मा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ।


























