स्वास्थ्य

नेपालमा पहिलोपटक देखियो ‘मंकिपक्स’

Banner

काठमाडौँ, असार २

नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए।

‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’

मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>