चितवन विशेष

लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि प्रशिक्षण

Banner

निरुता बि.क/पुजा ढकाल

चितवन, असार १-

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘युएसएआईडी’ ले चितवनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि तालिम प्रदान गरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र ‘युएसएआईडी’ले संयुक्त रुपमा सुरुवात गरेको ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजना अन्तर्गत महिला सहभागीता बढाउने उद्देश्यले शुक्रबार भरतपुरमा विभिन्न क्षेत्रका महिला, शिक्षकलाई तालिम प्रदान गरेको हो । हरेक क्षेत्रमा महिलाको भूमिका निकै महत्वपूर्ण भएकाले कृिष तथा वन विज्ञान विश्वविद्ययालय रामपुर चितवन, कर्नल विश्वविद्यालय र सदगुरु भारतको आयोजनामा भएको तालिममा मेरी गेट्स, क्लिफ गेट्स र डा. वल्गाबल्डेन टिलर लगाएतले प्रशिक्षण दिएका थिए । सो क्रममा लिङगले कुनै भूमिका नखेल्ने र महिलाले पनि हरेक क्षेत्रमा रहेर काम गर्न सक्छन् भन्ने विषय प्रष्ट पारिएको थियो । तालिममा विभिन्न महिलालाई आफूनो जीवन र कार्य क्षेत्रको अनुभव समेत व्यक्त गर्न लगाइएको थियो ।

त्यस्तै कलेज अफ एग्रिकल्चर इन्भारमेन्ट एण्ड न्युटरिसन साइन्स टस्किगी विश्वविद्यालयका डीन तथा निर्देशक र कार्यक्रमकी प्रमुख समेत रहेकी डा.ओल्गा बल्डेन टिलरले कृषिमा महिलाको क्षमता अभिवृद्ध गर्ने उद्देश्यले यस किसिमको तालिम चितवनमा गरिएको जानकारी दिइन् । उनले कृषिमा महिलाको क्षमता मात्र नभई विभिन्न क्षेत्रमा नेतृत्व विकास गराउँदै लैजाने योजना रहेको जानकारी दिइन् ।

उनी भन्छिन्–‘यस परियोजनाको कृषि क्षेत्रमा महिलालाई कसरी नेतृत्व गराउँदै लैजान सकिन्छ र महिला सहभागिता कसरी बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य भएकोले हामी महिलाका कुरालाई मुख्य केन्द्र विन्दुमा राखेर अनुसन्धानका साथसाथै शिक्षण क्षेत्र पनि समेट्ने छौँ ।’

५० प्रतिशत जनसंख्याको क्षमता अभिवृद्धि नभएसम्म देश विकास नहुने भएकोले चितवनका महिलाहरुलाई प्रशिक्षण दिइएइको अमेरिकाका टस्किगी विश्वविद्यालयका प्राध्यापक डा. नरकाजी गुरुङले बताए । उनकाअनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर नेपालको एक मात्र प्राविधिक कृषि विश्वविद्यालय भएकोले ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजनाका लागि रामपुर विश्वविद्यालय रोजेको हो ।

उनी भन्छन्,–‘हरेक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण मानिए पनि व्यवहारमा उतार्न सकिएको छैन, महिलाको क्षमतामा विकास नभएसम्म समाज, देशको विकास नहुने भएकाले हामीले लैङ्गिक समानता र सामाजिक समावेशीकरण कसरी गर्न सकिन्छ भनेर तालिम दिएका हौँ । जसले महिला सहभागिताका लागि कृषिसँगै धेरै क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँछ र व्यवहारमा उर्तान पनि सहज हुन्छ ।’

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा करिब ६५ करोड रुपैयाँको कोषसहितको ‘युएसएआईडी कृषि उच्चशिक्षा’ परियोजनाको सुरुवात बिहीबार गरिएको थियो । सो परियोजनाको एजेन्सी काउन्सिलर क्लिन्टन व्हाइटलेले शुभारम्भ गरेका थिए । सन् २०१० मा स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अहिले एक हजार ८ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>