Breaking News

कारागार चलान भएसंगै टोपबहादुर सांसद पदबाट निलम्बित

Banner

काठमाडौँ, असार १–

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसंगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको हो । यस मुद्धामा मुछिएसंगै रायमाझीको सचिव पद समेत एमालेले निलम्बन गरेको थियो ।

‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, नियममा २४८ (३) मा उल्लेख छ । निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>