नवलपरासी

पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटियो

Banner

नवलपरासी , (बर्दघाट सुस्ता पश्चिम), असार १-

पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो । धेरै पुरानो उक्त मन्दिरमा करिब दुई हप्तादेखि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरिरहेको छ । विभागका पुरातत्वविद् तथा पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीका अनुसार अनुसन्धानमा शिखर शैलीको देवीको मूर्ति र विभिन्न वास्तुकलाका अंश जसमा आर्म लक, गजुर, एस्टी, वेस, कार्नेस, पिलरलगायत वस्तु भेटिएको र नदीको छेउमा इनार भेटिएको छ । ट्रेन्च लेआउटको प्रविधिमा अध्ययन गरिएको अनुसन्धानमा जमिनमुनि एउटा विण प्रवेश गराएर गरिएको अन्वेषण गरिएको थियो । विण प्रवेशमा अवरोध आएपछि त्यो ठाउँमा उत्खनन गर्दा ती संरचना भेटिएको उहाँको भनाइ थियो ।

खासगरी पर्खाल लगाउने बेलामा मूर्ति भेटिएपछि श्री बाबा बर्दगोरीया धाम विकास संस्थाले त्यहाँ अनुसन्धान गर्न अनुरोध गर्दा उक्त पुरातत्वविद् ज्ञवालीका टोलीले सहयोग पु¥याएको र त्यहाँ अझ धेरै अवशेष हुनसक्ने अनुमान गरिएको ज्ञवालीले उहाँले उल्लेख गर्नुभयो ।
विशेष गरी मन्दिरको दक्षिणपट्टि धेरै नै संरचना रहेको अनुमान गरिएको छ । उक्त मन्दिर नजिकै रहेको नदीले केही भग्नावशेषलाई क्षति पु¥याई बगाएको पनि छ । नदीकै छेउमा प्राचीनकालको इनार (कुँवा) र शिला पनि भेटिएको थियो ।

अहिले भेटिएको संरचना १३/१४औँ वा १५/१६औँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ । अन्वेषणको काम बाकी रहेकाले कति शताब्दीको भन्ने विषयमा यकिन गर्न सकिएको छैन । विसं २०५२ मा पुरातत्व विभागले खोला ९(नदी) को किनारमा भेटेको ताम्रपत्रमा अङ्क उल्लेख नभएकाले शताब्दी छुट्यान गाह्रो भए पनि आदित्य वैरौदायित्य माधव उल्लेख भएकाले सम्भवत विक्रमसंवत् १२१२ शताब्दीतिरको हो भन्ने अनुमान गरिएको छ । जहाँ तत्कालीन राजाको नाम महाराजधिराज जयादित्य देव र उनका वंशलगायत अन्य व्यक्ति पनि उल्लेख गरिएको छ ।

यस्तै श्री बाबा बर्दगोरीया धाम विकास संस्था मन्दिरको अध्यक्ष नरपति पाण्डेले यस्तो पुरातत्विक ठाउँको विकास गर्न अतिआवश्यक रहेको बताउनुभयो । कतिपय स्थानीयवासीको छेउछाउमा रहेका भग्नावशेषलाई बाढीले क्षति पु¥याएका बखत पुरातात्विक वस्तु भेटिृएकाले उनीहरूले घर लगेका र त्यसलाई समेत मगाएर सङ्ग्रहालय बनाएर राख्ने तयारी रहेको उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>