चितवन विशेष
सामाजिक अन्धविश्वास हटाउन भरतपुरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

चितवन, जेठ ३२-
मानसिक स्वास्थ्यसम्बन्धी समाजमा देखिएका अन्धविश्वास र गलत धारणाहरु हटाउन भरतपुरमा सचेतना कार्यक्रम गरिएको छ ।
बोस्टन इन्टरनेशन कलेजले विद्यार्थीहरु, प्राध्यापक र समुदायका अगुवाहरुलाई लक्षित गरी आज सो कार्यक्रम गरेको हो ।
कलेजमा बीबीए, बीसीआईएस, एमबीए, बीबीए बीआईमा विभिन्न समेस्टरमा अध्ययनरत १३० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा मनोवैज्ञानिक कपिल शर्माले कार्यक्रममा सहजीकरण गरेका छन् । उनले मानसिक स्वास्थ्य के हो ? आफूलाई र आफ्नो नजिकको मानिसलाई कसरी चिन्ने, मानसिक स्वास्थ्य समस्यालाई कसरी पहिचान गर्ने र त्यसको समाधान के हुन्छ भन्ने विषयमा केन्द्रित भएर सचेतना गराएका थिए । कार्यक्रममा कलेजका प्राध्यापक तथा कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
यस कार्यक्रमबाट समाजमा रहेका मानसिक स्वास्थ्य सम्बन्धी अपवाह, गलत धारणा र अन्धविश्वास हट्न सहयोग पुग्ने विश्वास कलेजले लिएको छ । विद्यार्थीको प्राज्ञिक उन्नयन, व्यवसायिक विकास र व्यक्तित्व निर्माणमा मानसिक स्वास्थ्यको महत्वपूर्ण भूमिका हुने भएकोले सचेतना कार्यक्रम गरिएको कार्यक्रम संयोजक श्रद्धा विष्टले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

























