चितवन विशेष

‘निःशुल्क रगत दान गर, निःशुल्क रगत प्राप्त गर’ अभियान चलाउन चितवन रेडक्रसलाई सुझाव

Banner

निरुता विक

चितवन,जेठ ३१-
रक्तदानको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले युवाहरुमा रक्तदान सम्बन्धी सचेतना कम भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी चितवनले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चितवनमा रगतको चरम अभाव हुनुको मुख्य कारण युवा पुस्तामा रक्तदानसम्बन्धी सचेतना कमी हुनु रहेको बताएका हुन् ।

कार्यक्रममा समाजसेवी तथा रक्तदाता धुव्र थपलियाले रक्तदानसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छन् । उनले रक्तदानसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नाले रगत अभाव कम हुने बताएका छन् । उनले रगत लिने भन्दा दिनेलाई फाइदा हुने सुभाव दिएका छन् । उनले भने, ‘रगत लिनेलाई भन्दा दिनेलाई फाइदा हुन्छ, किनभने पुरानो रगत दान गर्दा शरीरमा नयाँ रगत उत्पादन हुँदा शरीर स्वस्थ रहन्छ ।’ उनले विद्यालयमा, मेडिकल कलेजहरुलाई रक्तदानसम्बन्धी कार्यक्रम गर्न रेडक्रसलाई आग्रह गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका सभापति सुवास बिडारीले रक्तदानसम्बन्धी लक्षित समूह छुट्यााएर सचेतनामूलक कार्यक्रम गर्न रेडक्रसलाई आग्रह गरेका छन् । उनले भने ‘विद्यालय, मेडिकल कलेज, विश्वविद्यालयमा गएर १८ वर्ष माथिका युवालाई सचेतनामूलक कार्यक्रम गर्नुपर्छ, यस्ता खालको कार्यक्रम गरिएन भने रगत अभावलाई कम गर्न सकिँदैन ।’ उनले रक्तदाताले रक्तदान गरे पछि गएर त्यही रगत किन्नुपर्ने अवस्था रहेको गुनासो गरे । उनले देशमा रगत निःशुल्क होस् भन्ने चाहना व्यक्त गरेका छन् । उनले आजैदेखि डोनेट फ्रि गेट फ्रि भन्ने अभियान चलाएर रेडक्रस अगाडि बढ्न सुझाव दिएका छन् ।
भरतपुर–१६ का दिपक घिमिरेले आमजनताबाट रेडक्रसले रक्तदाताबाट निःशुल्क रुपमा रगत लिने र पछि बिरामीलाई रगत बेच्ने गरेको गुनासो आएको बताए । त्यस्तै स्थानीयबाट यस्तो गुनासो आएपछि उनले रेडक्रसलाई आगामी दिनमा निःशुल्करुपमा रगत वितरण गर्न आग्रह गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौड्लले जनताको बीचबाट रगत ल्याएर बिरामी माझ कसरी रगत पु¥याउन सकिन्छ भनेर कार्यक्रम गर्नुपर्ने बताएका छन् । उनकाअनुसार देशभर रगतको माग पु¥याउनु पर्ने जिम्मा चितवनबासीको रहेकोले विभिन्न समयमा सचेतनासहित रक्तदान कार्यक्रम गर्नुपर्छ । सरकारले दिएको जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले बहन गरेको बताउँदै उनले भने, ‘अब रेडक्रसको महाधिवेशन पनि छिट्टै गर्नुपर्छ । जसको कारण रेडक्रसले विभिन्न जिल्लामा पहिलेको जस्तै कार्यक्रम गर्न सक्छ ।’ अहिले चितवन काठमाडौँ पछिको रगत खपत हुने दोस्रो जिल्ला हो । जहाँ विभिन्न जिल्लासहित भारतबाट पनि बिरामी उपचारका लागि चितवन आउने गर्छन् । विशेष त क्यान्सरका बिरामी बढी आउने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>