Breaking News

डा. वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, वैरागी सुरक्षा सल्लाहकार

Banner
काठमाडौँ,जेठ ३२-
सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो ।
डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>