Breaking News

चितवनको राप्ती नगरपालिकामा नदीजन्य पदार्थको मनपरी उत्खनन्

Banner

चितवन, जेठ ३० –

राप्ती नगरपालिकामा नदीजन्य पदार्थको मनपरी उत्खनन् भइरहेको छ ।

नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रममा बिलमा मितिसम्म नलेखी मालसामान पठाएको पाइपछि मनपरी उत्खनन् भएको पाइएको हो ।
मिति नभएको रसिद प्रयोग गर्दा त्यही रसिदलाई पटकपटक प्रयोग गर्ने गरिएको पाइएको छ । नगरपालिकाले नगरभित्रका कच्ची बाटोलाई ग्राभेलिङ गर्नको लागि गिटी, बालुवा उठाउन अनुमति दिए पनि तोकिएको परिमाणभन्दा बढी उठाउने गरिएको स्थानीयको आरोप छ ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले १५ दिन अगाडि राप्ती नगरपालिकाको चम्पा खोला र दूधकोशीमा अनुगमन गरिएको तर यस्तो मिति नभएको रसिद प्रयोग गरिएको भन्ने सुन्दा आफू आश्चर्यमा परेको बताए । उनले अहिले कानुुनले नदीजन्य वस्तुको सम्पूर्ण ठेक्का लगाउने अधिकार स्थानीय तहलाई नै दिएको बताए । अधिकारीले नारायणी अनलाइनलाई भने, ‘ उत्खनन्मा वातावरणीय प्रभाव मूल्यांकन ठीक छ वा छैन भनेर बुझ्ने अधिकार जिल्ला समन्वयलाई छ । राप्तीमा के भइरहेको छ, म बुझ्छु र फेरि अनुगमनमा जान्छु ।’

गुन्डागर्दी गर्ने खालका मानिसहरु ती काममा संलग्न रहेकोले आफूहरुले खुलेर विरोध गर्न नसकेको स्थानीयको आरोप छ ।

राप्ती–४ का वडाअध्यक्ष केदार आचार्यले मंगलबार फेसबुकमा स्टाटस लेख्दै नगरपालिकाले गलत काम गरेको भन्दै मेयर, उपमेयरको मनोमानी नगरवासीको लागि सह्य नभएको बताएका छन् । राप्तीको च्यात्रा, सुख्खा, पम्पालगायतका खोलामा नदीजन्य पदार्थ दोहन भइरहेको उनले बताएका छन् । मेयर, उपमेयर र प्रशासकीय अधिकृतले मिलेमतोमा नदीको दोहन गर्दै आइरहेको वडा अध्यक्ष आचार्यको आरोप छ । नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) पनि नगरिएको स्थानीयको आरोप छ । यसबारेमा बुझ्न मेयर शमसेर लामालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>