देश/प्रदेश

प्रचण्ड निकट विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला काठमाडौं महानगरले फोड्यो

Banner

काठमाडौं, जेठ ३०-

प्रधानमन्त्री प्रचण्ड निकट माओवादी केन्द्रको विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ ।

काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरणलगायतका माग राखेर माओवादी केन्द्र निकटको अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

महानगरका मेयर बालेन्द्र (बालेन) साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले महानगर क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने भन्दै कुनै विद्यालयले नियमको पालना नगरे उजुरी गर्ने व्यवस्था रहेको स्मरण समेत गराएका छन् । काठमाडौं महानगरले आफ्नो पालिकाभित्रको शैक्षिक संस्थाहरुमा राजनीतिक गतिविधि र बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>