चितवन विशेष

चितवनमा असार २ गते नवराज पराजुलीको कविता कन्सर्ट हुने,प्रवेश निःशुल्क

Banner

चितवन,जेठ ३०-

चितवनको भरतपुरमा असार २ गते कवि नवराज पराजुलीको एकल कविता वाचन हुने भएको छ । सेन्ट्रल कलेजको आयोजनामा विद्यार्थीसंग कविता कार्यक्रम अन्तर्गत कविता कन्सर्ट आयोजना गर्न लागिएको हो ।

चितवन र नवलपुरका विद्यार्थीहरुलाई लक्षित गरेर भरतपुर महानगरपालिका ३ बेलचोकस्थित प्रभा बेन्क्वेटमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा कवि पराजुलीसंगै क्रृदम कंडेलको सांगितिक प्रस्तुती समेत रहनेछ ।

सोही कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले शैक्षिक परामर्श तथा करियर काउन्सेलिङ सम्बोधन गर्नुहुनेछ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

चितवन, नवलपुरको गर्मीमा कविता कन्र्सटमा शितल कविता वाचन हुने आयोजकले जनाएको छ । कार्यक्रममा एसवन होम्सले सहकार्य गरेको छ । कार्यक्रमको अफिसियल मिडियाको रुपमा नारायणी अनलाइन, संचारपत्र दैनिक, कालिका एफएम र कालिका टिभी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>