देश/प्रदेश

युट्युबसहितका डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउनुपर्छः अर्थमन्त्री

Banner

काठमाडौँ, जेठ २९-

अर्थमन्त्री प्रकाशशरण महतले युट्युबलगायत डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउन जरुरी भएको बताएका छन् ।

सरकारले त्यस्ता डिजिटल प्लेटफर्मलाई करको दायरामा ल्याउनका लागि गृहकार्य गरिरहेको पनि मन्त्री महतले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ प्राप्त गरेपछि मन्त्री महतसँग प्रष्टिकरण मागेका थिए । त्यस क्रममा डिजिटल प्लेटफर्महरू करको दायरामा नआएको विषय उठाउँदै सरकारले के गरिरहेको छ भन्ने प्रश्न उठेको थियो ।

जवाफमा मन्त्री महतले सरकारले गृहकार्य गरिरहेको बताएका थिए । उनले भने, ‘युट्युबलगायत अरुलाई करको दायरामा ल्याउने कुरा उठ्यो । यो करको दायरामा ल्याउने नै कुरा गरेका छौं । यो जति पनि हाम्रो टेक्नोलोजीको कारणले नयाँ डिजिटल प्लेटफर्म आइरहेको छ‚ त्यसलाई करको दायरामा ल्याउन जरुरी छ । त्यसमा गृहकार्य भइरहेको छ । बजेटमा पनि त्यो कुरो उल्लेख छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>