देश/प्रदेश
प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि नर्भिक अस्पतालमा
०

काठमाडौँ, जेठ २९-
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई परीक्षणका लागि नर्भिक अस्पताल लगिएको छ ।
सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।
लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार अस्पताल ल्याइएसँगै उनको नियमित चेकजाँच सुरु भएको छ । सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























