चितवन विशेष
रत्ननगरका विद्यालय भोलिबाट आंशिक खुल्ने
०

चितवन, जेठ २९-
रत्ननगर नगरपालिकाका निजी तथा सरकारी विद्यालय भोलिबाट आंशिकरुपमा खुल्ने भएका छन् ।
नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै कक्षा ४ देखि १० सम्म दिवा समयमा सञ्चालन गर्न निर्देशन दिएको हो । सूचनामा कक्षा ३ सम्म भने अर्काे सूचना प्रकाशित नभएसम्म सञ्चालन नगर्न भनिएको छ ।
नगरपालिकाले कक्षा ३ सम्मका विद्यार्थीलाई नियमित गृहकार्य र परियोजना कार्य दिन निर्देशन दिएको छ । यसअघि चितवनमा गर्मी बढेसँगै नगरपालिकाले सम्पूर्ण विद्यालय केही दिनका लागि बन्द गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























