चितवन विशेष

चितवनका एमाले नेता शैलेन्द्र कुमार पियालाई मानार्थ पीएचडीको उपाधि

Banner

चितवन, जेठ २९-

एमाले चितवनका नेता शैलेन्द्र कुमार पियाले भारतबाट मानार्थ पीएचडी(विद्यावारिधी)को उपाधि प्राप्त गरेका छन् ।

पियाले चितवनमा रहेर सामाजिक र आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भारतको सोक्रेट्स सामाजिक अनुसन्धान विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि दिएको हो ।

एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका पिया २०२१ सालबाट निरन्तर पार्टीको पूर्णकालिन कार्यकर्ता भएर काम गरेका थिए । ७८ वर्षीय पिया पछिल्लो समयमा आध्यात्मिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी भरतपुरका एक दर्जन बढी सामाजिक संस्थामा सक्रिय रहेर काम गरिसकेका छन् ।

उनी देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष, गौरेश्वर पशुपति मन्दिर बसपार्कका अध्यक्ष, योगी नरहरिनाथ वागेश्वरी परिषद्का अध्यक्ष, नारायणगढ बसपार्क टोल विकास संस्थाका सल्लाहकार र आदिकवि भानुभक्त माध्यमिक विद्यालयको सञ्चालन समितिमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>