मौसम

जेठको अन्तिम दिन मनसुन भित्रिन सक्ने, देशभर औसतभन्दा कम वर्षा हुने

Banner

काठमाडौं, जेठ २९–

१८ जेठदेखि मनसुन अवधि सुरु हुने भनिए पनि नेपालमा औसतमा १३ जुनसम्म मनसुन भित्रिसक्नुपर्ने हो । गत वर्ष एक साताअघि नै मनसुन भित्रिएको थियो । मौसमविद् राजु प्रधानांगले १५ जुन अर्थात् जेठको अन्तिम दिनसम्म मनसुन भित्रिन सक्ने अनुमान रहेको बताए । तर, यसपालिको मनसुनमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको छ ।

मौसम विभागले यसअघि बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण गरेकामा २५ जेठमा संशोधन गर्दै मुलुकभर नै औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ । प्रशान्त महासागरमा एलनिनोको अवस्था देखिएको र पछिल्लो समयमा पूर्वानुमानका मोडलमा पनि सुक्खाको अवस्था देखाएकाले देशभर नै कम पानी पर्ने अनुमान गरिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् ।

देशभर रहेका २५८ वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा ५७ वटामा वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ७४.४ मिलिमिटर वर्षा भएको छ । आइतबार राति काठमाडौं उपत्यका, मकवानपुरलगायतका क्षेत्रमा वर्षा भएको छ । सोमबार कोसी, बागमती र गण्डकीका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>