चितवन विशेष
चितवनमा निउरो टिप्न गएका पुरुषको गैँडाको आक्रमणबाट मृत्यु
०

चितवन,जेठ २८-
चितवनमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक वनमा आज साँझ ६ः५५ बजे निउरो टिप्न गएका ६० वर्षीय झन्डिल बोटेलाई गैँडाले आक्रमण गरेको हो।
आक्रमणबाट घाइते भएका उनको स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी भरतपुर-२३ धुर्बघाट बसोबास गर्दै आएका थिए। राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जङ्गली जनावरको आक्रमणमा पर्दै आएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























