चितवन विशेष

भरतपुरका ठाउँठाउँमा गरियो तामझामका साथ भ्यागुताको विवाह, पानी पर्ने जनविश्वास

Banner

चितवन, जेठ २८-

भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासका साथ भ्यागुताको विवाह गरिएको छ ।

लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिसहरु आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।

आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरियो भने हिजो शनिबार भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो । बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । सापकोटा चोककी स्थानीय निशा अधिकारीले गर्मीले विद्यालय र क्याम्पसहरु बन्द भएकोले पनि ठूलो संख्यामा मानिसहरु रमाइलो उत्सवमा सहभागी भएको नारायणी अनलाइनलाई जानकारी दिइन् ।

भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्यागुताको बिहे गराइदिएर पानी मागेको छ ।

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्वअध्यक्ष गोविन्द पौडेल, टोलका तथा उपसमिति सहसंयोजक कृष्णप्रसाद शर्मा पौडेललगायत ज्येष्ठ नागरिक अगुवाहरुको पहलमा रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर भगवान् श्रीमहादेवसँग पानी माग गरेका हुन् ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको उपसमितिको संयोजकसमेत रहेका बालकृष्ण पौडेलको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा पण्डित तुलसीप्रसाद कँडेल विवाहका प्रमुख अतिथि थिए । कार्यक्रम कृष्णप्रसाद शर्मा पौडेलले समापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>