प्रवास
अब साउदीमा मजदुरीका लागि जान पनि एसइई पासको प्रमाणपत्र चाहिने
०

काठमाडौं,जेठ २८-
नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको छ। यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने छ। त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो।
यी निकायबाट प्रमाणीकरण हुने शैक्षिक प्रमाणपत्र न्यूनतम एसइई/एसएलसीको हो। योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिँदैन। यसकारण अब मजदुरी (लेबर) लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई/एसएलसीसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भएको हो।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले साउदीको यो व्यवस्थाअनुसार श्रमिक पठाउन नसक्ने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>