क्रिकेट

भरतपुरमा जेठ ३१ देखि एक हप्ते क्रिकेट प्रशिक्षण हुने

Banner

चितवन, जेठ २८-

भरतपुर महानगरपालिका–२३ मा एक हप्ते क्रिकेट प्रशिक्षण हुने भएको छ ।

भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, वडास्तरीय खेलकुद समिति र भरतपुर क्रिकेट क्लबको सहकार्यमा जेठ ३१ देखि असार ६ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो ।

वडास्तरबाटै नै क्रिकेट खेलको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको वडाध्यक्ष दीपक दवाडीले बताए । प्रशिक्षणमा वडा भित्रका १९ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने दवाडीले जानकारी दिए । उनीहरुके निःशुल्क नाम दर्ता गराउन सक्नेछन् । प्रशिक्षण बिहान ६ः३० बाट ९ बजेसम्म हुनेछ । प्रशिक्षणका लागि वडाध्यक्ष दवाडीले खेलकुद समितिका अध्यक्ष संगम जोशी र राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीलाई खेल सामग्री हस्तान्तरण गरे । प्रशिक्षणका लागि प्राविधिक तयारी पूरा भएको जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>