Breaking News

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा डिला खरेलको उम्मेदवारी घोषणा

Banner

अष्ट्रेलिया, जेठ २४–

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत खरेलले आगामि नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको निर्वाचन आउँदो जुलाई २९ मा हुँदैछ । मतदान कार्य अनलाइनबाट हुनेछ ।

विगत १५ वर्षदेखि एनआरएनएसंग रहेर काम गर्दै आएको भन्दै अब नेतृत्वका लागि आफू तयार भएको खरेलले बताए । वर्तमान कार्यसमितिले पनि धेरै राम्रा कामहरु गरेको भन्दै आफ्नो नेतृत्वमा अझै उत्कृष्ट काम गर्ने प्रतिवद्धता जनाए । खरेल यसअघि एनआरएनएमा विभिन्न पदमा रहेर आफ्नो क्षमता देखाइ सकेका छन् । चितवनको भरतपुर निवासी खरेल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

खरेलले सामाजिक संजालबाट यसरी उम्मेदवारी घोषणा गरेका छन्ः

मैले प्रवासमा रहँदै गर्दा अन्तर मनले विश्वाश गरेको संस्था एनआरएनए हो र मन वचन अनि कर्मले सन् २००६, विगत १५ वर्षदेखि नै आफूलाई समाहित गर्दै आएको पनि छु ।

म यस संस्थाको शुरुवाती देखि नै आवद्ध रहदै आए (तपाइँ हामी सवै लाइ थाहै छ विधार्थी जीवन कति चुनैतिपूर्ण छ भनेर) र स्वयंसेवी रुपमा आफुले जे जति सके सिक्दै गए सकेको सहयोग र सेवालार्इ निरन्तरता दिदै आइ रहे, विशेषत एनआरएनएको विश्वव्यापी अभियान र एनआरएन अस्ट्रेलिया प्रति मेरो अटुट विश्वाश, असाध्य धेरै श्रद्धा र सम्मान छ । यस आभियानमा प्रत्यक्ष,परोक्ष संलग्न सबै प्रति मेरो ठूलो सम्मान र श्रद्धा छ र रही रहने छ । यो संस्थालाई मैले अत्यन्तै सम्मान गर्दछु र यस पवित्र संस्थाले प्रवासी नेपालीको हकमा र मातृभूमिको लागि पनि निकै धेरै राम्रा काम गरेको छ र उक्त कामहरुको जति नै प्रशंसा गरेपनि कमै हुन्छ ।

एनआरएन अस्ट्रेलियाले पनि आफ्नो स्थापना कालदेखि धेरै राम्रा कामहरु गर्दै आइ रहेको छ र मेरो मान्यता के हो भने यस संस्थालाई नेतृत्व दिन अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक छ र मेरो अर्को पनि मान्यता के हो भने (सामाजिक नेतृत्व आफैमा एक भिन्न र विशिष्ट नेतृत्व हो ) एनआरएनए अभियान र सिलसिलामा वतर्मान कार्यसमितिका सबैआइसीसी, एनसीसी र एससीसीका साथीहरुको उदाहरणीय कामको प्रशंसा सर्वत्र भइरहेकै छ । म यस नेतृत्व र सबै सामाजिक कामको खुलेर प्रशंसा गर्न चाहन्छु । समस्या र चुनौती पनि छन् यसलाई समाधान र अवसरको चांदनीले हल गर्नु पर्दछ ।

आफ्नो सहि नियत र बुझाइका बाबजुत पनि काम गर्दै जाँदा यदि म बाट कहिँ कतै गल्ति कमीकमजोरी, भावनात्मक अभिव्यक्तिका एवं भाषागत त्रुटी भएको भए सुधार र सच्याउन चाहन्छु, यदि कहिँ कतै गल्ति कमीकमजोरी भएको भएपनि त्यो कहिल्यै कुनै पनि व्यक्तिको मान मर्दन गर्नेगरि या मन दुखाउने गरि र संस्थाको गरिमामा आंच पु¥याउने गरि भएको छैन, होईन यस्तो कहिँ कतै भूलवस परेको भए पुनः क्षमा/माफी चाहन्छु ।

मेरो संस्था प्रतिको लगाव,माया,सद्भाव र स्नेहका कारण संस्थालाइ या आवद्ध जो कोहिको पनि उचित मर्यादा र सम्मान होस् भन्ने चाहन्छु । मेरो अध्यक्ष पदको उम्मेदवारीलाई साथ, सहयोग गर्नु हुने र स्थापित गराउनु हुने बृहत प्रजातान्त्रिक तथा सामाजिक नेतृत्वगण आदरणीय सुरेश गुरुंग, दुर्गा आचार्य, सुरेन्द्र सापकोटा, अभिमन्यु केसी, गणेश केसीलगायत तपाई सबै जिम्मेवार नेतृत्वको यो निर्णयलाई धेरै–धेरै धन्यवाद साथै यस संस्था र अभियानमा संलग्न सबै सबैमा उच्च सम्मान प्रकट गर्न चाहन्छु । जय एनआरएनए !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>