चितवन विशेष

थाकस छात्रवृत्ति अक्षयकोषमा ६ लाख बढी संकलन

Banner

चितवन, जेठ २३–

थारु कल्याणकारिणी सभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा ६ लाख बढी रकम संकलन भएको छ ।

२०७७ भदौंमा स्थापना गरेको कोषमा अझै रकम संकलन जारी रहेको छ । थारु युवाहरुलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन सभाले सुरु गरेको यस अभियानमा हालसम्म १०५ जना सहभागि भएका छन् । आज (मंगलबार) भरतपुरमा गरेको छलफल तथा सम्मान कार्यक्रममा कोषका संयोजक जीतबहादुर महतोले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ५ लाख २८ हजार बढी संकलन हुँदा प्राप्त व्याजसहित कुल ६ लाख १० हजार ९७८ रुपैयाँ संकलन भएको जानकारी दिए । उनले हालसम्म सहयोग गरेका व्यक्तिहरुको विवरण प्रस्तुत गरेका थिए । उनले अक्षयकोषमा अझै धेरैको सहभागिता आवश्यक रहेको भन्दै सहयोगका लागि आह्वान समेत गरे ।

थाकस चितवनका अध्यक्ष ललित कुमार चौधरीले अक्षयकोषबाट छिट्टै विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने बताए । पछिल्लो समय चितवनका थारु समुदायका युवाहरु उच्च शिक्षा हासिल गर्नतर्फ अग्रसर नरहेको देखिएको भन्दै शिक्षामा अगाडि बढाउन सहयोग गरिने चौधरीले बताए । कार्यक्रममा शिक्षक कारी महतोले चितवनको शिक्षामा थारु समुदायले गरेको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार शिक्षण संस्था स्थापना र संचालनका लागि चितवनका थारु समुदायले ३९ विघा भन्दा बढीको जमिन समेत सहयोग गरेका छन् ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणीराज महतो, डा.सञ्जय चौधरी, इन्टरनेशनल सेकेण्डरी स्कुल खैरहनीका प्रिन्सिपल धनवीर चौधरी, लेक्चरर समिता चौधरीलगायतले थारु समुदायको शिक्षा र अक्षय कोषको बारेमा आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>