चितवन विशेष
एमाले चितवनको प्रचार विभाग प्रमुखमा प्रकाश ढुंगाना
०

चितवन,जेठ २३-
नेकपा (एमाले) चितवनका युवा नेता प्रकाश ढुंगानाले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टीको जिल्ला कमिटी बैठकले ढुंगानालाई प्रमुखको जिम्मेवारी दिएको हो ।
नेकपा एमाले चितवनको उपसचिव समेत रहेका ढुंगाना चितवनका लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । युवा संघको गाँउ कमिटी अध्यक्षबाट राजनीति सुरु गरेका ढुंगाना युवा संघको जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, पार्टीको जिल्ला सदस्य हुँदै उपसचिव सम्मको जिम्मेवारीमा पुगेका छन् । उनि युथफोर्स चितवनको संस्थापक समेत हुन् । पार्टीलाई थप सशक्त बनाउँदै जनतासंग जोड्न प्रचारविभाग मार्फत भूमिका खेल्ने ढुंगानाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























