Breaking News

चितवन प्रशासनले भन्यो: लु लाग्ने सम्भावना छ, आवश्यक सतर्कता अपनाउनुहोला

Banner

चितवन, जेठ २३-

जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।

प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ । प्रशासनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्तकताको लागि पत्र पठाएपछि जनस्वास्थ्यको लागि यो सूचना जारी गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>