चितवन विशेष

वातावरण दिवसमा भरतपुरमा भएको चित्रकला प्रतियोगितामा विकास लहेरा पहिलो

Banner

चितवन, जेठ २२-

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा भद्रकुमार राष्ट्रिय आधारतभूत विद्यालयका विकास लहेरा पहिलो भएका छन् ।

भरतपुर–११ को नारायणी पब्लिक स्कुलले गरेको प्रतियोगितामा अङकुरम एकेडेमीकी आयना गर्ग दिृतीय र नारायणी विद्या मन्दिरकी मोनिका कुमारी चौधरी तृतीय भएका हुन् ।

विभिन्न विद्यालयका करिब ३० जना विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा नारायणी पब्लिक स्कुलका प्राचार्य वेदराज न्यौपाने हामीले अहिले यो बेलामा पनि वातावरण सरसफाईमा नलाग्ने हो भने हामी आफ्नो रोग आफैँ निम्ताउन बाध्य रहने विचार राखे । कार्यक्रममा भरतपुर महानगरपालिका वडा न. ११ का सरसफाई तथा वातावरण संयोजक यमनाथ आचार्यले वातावरण एक दिन मात्र सफा गरेर नभई सधै सफा राख्नु पर्ने र हामी सबैले भित्री मनबाट नै हातेमालो गरेर वातावरण संरक्षण गर्नुपर्ने सुझाव दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>