Breaking News

तराईमा आज पनि तातो हावा (लू)चल्ने, तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने

Banner

चितवन,जेठ २२-

तराईका केही भू–भागमा आज पनि तातो हावा (लू)चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ । केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ ।

“काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,” मौसमविद् झाले भने । जनकपुर, भैरहवा, सिमरा, नेपालगन्जलगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ । मौसमविद् झाका अनुसार यी क्षेत्रमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । तापक्रम कतिपत्रय ठाउँमा बढ्नेक्रममा रहेको र कतिपय ठाउँमा स्थिर रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>