Breaking News

चितवनको तापक्रम ४० डिग्री पुग्यो, गर्मी अझै बढ्न सक्ने

Banner

पूजा ढकाल,

चितवन, जेठ २१-

चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । जिल्लामा जेठ १३ गतेको पछि पानी परेको छैन । पछिल्लो केहीदिन चितवनको तापक्रम ३९ डिग्री भन्दा कम हुन सकेको छैन । आज (आइतबार) तापक्रम झन् बढ्दै ४० डिग्री सेल्सियस पुगेको भरतपुर विमानस्थल कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । विमानस्थले दिउँसो २ः१५ देखि ३ बजेसम्मको अबधिमा अधिकतम तापक्रम ४० डिग्री पुगेको जनाएको छ । यसअघि बैशाख ५ गतेपनि जिल्लामा ४० डिग्री तापक्रम पुगेको थियो ।

मौसमविद्हरुले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन । चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा,चनौली लगाएतका क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>