भरतपुर
चौविसकोठीका अतिक्रमित संरचनामा चल्यो भरतपुर महानगरको डोजर
०

चितवन, जेठ २१–
भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो ।
पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गरिएपछि डोजर चलाउनु परेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























