अन्तर्राष्ट्रिय
जुन १७ देखि लागू हुनेगरी अमेरिकी भिसाको आवेदन शुल्क बढ्यो
०

काठमाडौं, जेठ २०-
यही जुन १७ तारिखदेखि लागू हुनेगरी अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क वृद्धि भएको हो ।
भिसाको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने दूतावासले जनाकारी दियो ।
दूतावासका अनुसार पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर र ई(भिसा आवेदन शुल्क २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>