Breaking News

सभापति देउवाका कारण कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको छः गगन थापा

Banner

काठमाडौं,१९ जेठ-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् । प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’ सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।

उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क छ ।

कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताए । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>