Breaking News

भरतपुरमा सरकारी जग्गा हडपेर बस्ने को को हुन् भन्ने एकीन भयो, अब छाड्दिन: मेयर दाहाल

Banner

चितवन, जेठ १८-

भरतपुर महानगरपालिकाकी मेयर  रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताएकी छन् ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा बिहीबारदेखि सुरु भएको मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम एवम् निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै उनले मंसिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको उल्लेख गरिन् ।

महानगरभित्र २९ वटा वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरितका अवैध संरचना एकीन गर्ने काम सकिएको उनले जानकारी दिइन् । उनले विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, मार्किड गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ अगाडि बढेको स्पष्ट पारिन् ।

महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरेको प्रमुख दाहालले बताइन् । अहिले एक साताभित्र आफ्ना अवैध संरचना हटाउन अन्तिम अल्टिमेटम दिई एक्सनमा उत्रिएको उनको भनाइ छ । महानगरपालिकाले जुन वडाको अवैध संरचनाको व्यवस्थापन गर्न त्यही वडाका वडाध्यक्ष संयोजक रहेने गरी समिति गठन गरेको प्रमुख दाहालले बताइन् ।

‘वर्षौदेखि सरकारी जग्गा हडपेर बसेका व्यवसाय संघ संस्थाको एकीन भइसकेकाले २९ वटै वडाको संरचना यही ढंगबाट व्यवस्थापन गरिन्छ’ उनले भनिन् । यस्तै नदी खोलामा ओगटेको पुंगी र केरुङ्गामा पनि बनेका मापदण्ड विपरितका संरचनालाई हटाइने बताइन् । ‘कानुनको दायरामा बसेर काम गर्छौ’,उनले भनिन् , ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ?’ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकार भएकाले यो अभियान निरन्तर रहने प्रमुख दाहालले बताइन् ।

मेयर दाहालले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने पनि उल्लेख गरिन् । नारायणी नदी किनारलाई अन्तर्राष्टिय पर्यटकीय स्थल बनाउने कार्य सम्पूर्ण महानगरबासीको साथ सहयोग अपेक्षा पनि उनले गरिन् । अनुगमनमा प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>