कृषि

चितवनमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि किसान महासंघको माग

Banner

चितवन, जेठ १७-

चितवनमा पशुहरुमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि नेपाल किसान महासंघ चितवनले माग गरेको छ ।

एमाले निकटको महासंघले आज पशु विज्ञ केन्द्र भरतपुरलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

महासंघले आज बुझाएको ज्ञापनपत्रमा विगत एक महिनादेखि चितवन जिल्लाका विकट गाउँहरुका घरपालुवा चौपायाहरुमा महामारीको रुपमा देखिएको ‘लम्पी स्किन’ भन्ने रोगले जिल्लाका अधिकांश किसान मारमा परेको विषयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यो रोगको रोगथाम, उपचार र नियन्त्रणका लागि किसानको घरघरमै पुगी स्वास्थ्य परीक्षण गर्नुका ािथै आवश्यक औषधिको अविलम्ब व्यस्था गर्न महासंघको माग छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘शरीरमा गाँठागुँठी आउने, खुट्टा तथा अण्डकोष सुन्निने, आँखामा कचेरा निस्कने लक्षण देखिने सो लम्पी स्किन रोगबाट जिल्लाका अधिकांश पशुचौपाया प्रभावित भएको अवगत नै छ । गरिब किसानले दुःखजिलो गरी पालेका पशुचौपायाहरु यस रोगबाट ग्रसित भई मर्न थालेका कारण उनीहरु अत्यधिक मारमा परेका छन् । महामारीकै रुपमा फैलिँदै गएको यस रोगको समयमै निदान गर्न सकिएन भने यसले ठूलो समस्या निम्त्याउने खतरा देखिएको छ । यस रोगको रोकथाम र निदानको लागि एकल प्रयासबाट नहुने भएकोले सरकारी तबरबाटै किसानको घरघरमै पुगी स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि उपचारको अविलम्ब व्यवस्था मिलाउनका लागि अखिल नेपाल किसान महासंघ जिल्ला समिति, चितवन जोडदार माग गर्दछ ।’ अध्यक्ष सीपी अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा बोधार्थ पठाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>