चितवन विशेष

गणतन्त्र दिवसको दिन भरतपुरको क्षेत्रपुरमा बृहत् सरसफाइ

Banner

चितवन, जेठ १४–

गणतन्त्र दिवसको अवसरमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

भरतपुर महनगरपालिका वडा नम्बर २ को आयोजनामा वडाका सम्पूर्ण स्थानमा सरसफाइ गरिएको हो ।

भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटकाअनुसार सरसफाइ कार्यक्रममा वडाभित्र रहेका सामाजिक संघसंस्थाहरु आमा समूह, टोल विकास समिति, विद्यालय, कर्मचारी, सामुदायिक वन वनका सदस्यहरुको सहभागिता रहेको छ । त्यसैगरी, सरसफाइमा सशस्त्र प्रहरी बलको १७ नम्बर गण हेडक्वाटर आँपटारी तथा भरतपुर महानगरपालिकाबाट नगरप्रहरीको समेत सहभागिता रहेको वडाध्यक्ष रानाभाटले बताए । वडावासीको सहभागितामा आयोजित सरसफाइ कार्यक्रममा सडकका फोहोरहरु टिप्नुका साथै झाडीसमेत सफा गरिएको रानाभाटको भनाइ छ ।

बृहत् सरसफाइ कार्यक्रमअन्तर्गत क्षेत्रपुरको नमस्तेचोकबाट आँपटारीसम्म सरसफाइ गरिएको उनको भनाइ छ । प्लाष्टिकजन्य तथा अन्य फोहोरहरु संकलन गरिएको भन्दै वडाध्यक्ष रानाभाटले सरसफाइका क्रममा संकलन गरिएको फोहोर महानगरपालिकाको ट्रयाक्टरले उठाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>