खेलकुद

अन्तर टोलस्तरीय फुटबलमा हाम्रो र कालिका टोल विजयी

Banner

भरतपुर, जेठ १५–

भरतपुर महानगरपालिका–१२ मा जारी अन्तर टोलस्तरीय नकआउट फुटबलमा हाम्रो टोल विजयी भएको छ । आइतवार सम्पन्न पहिलो खेलमा हाम्रो टोलले जिल्ला प्रशासन एकता टोललाई २–१ गोलले पराजित गरेको हो ।

हाम्रो टोलको जितमा दुबै गोल रविन्द्रकुमार श्रेष्ठले गरे । जिल्ला प्रशासन एकता टोलका सहज वाग्लेले एक गोल गरे पनि हार टार्न सकेनन् । हाम्रो टोलको जितमा दुई गोल गरेका श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा कालिका टोलले आनन्द टोललाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । टाइब्रेकरमा कालिका २–० गोलले विजयी भयो । कालिकाका सन्जय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । यो जितसँगै कालिका जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कृष्ण कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>