Breaking News

सुमनाले पागलपन शब्द प्रयोग गर्दा रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग गर्दा देवराजले गरे अस्वीकार

Banner

काठमाडौं, जेठ १४-

रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा बोल्ने क्रममा पागलपन शब्द प्रयोग गरेपछि सांसद रामहरि खतिवडाले आपत्ति जनाइका छन्।

सांसद खतिवडाले पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने तर्क दिदैँ आपत्ति जनाइका हुन्।

संघीय संसदको संयुक्त बैठकमा बोल्ने क्रममा श्रेष्ठले भनिन्, ‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो।’

उनले त्यति भनेपनि सांसद खतिवडाले उठेर आपत्ति जनाए।

उनले भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

तर, सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि हटाउन अस्वीकार गरे।

उनले भने, ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>