Breaking News
पशुपतिनाथको जलहरीमा प्रधानमन्त्रीको स्पष्टीकरणः यो विषयमा ओलीलाई जोड्न मिल्दैन

काठमाडौं,जेठ १३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीका अख्तियारमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको बैठकमा बोल्दै जलहरी प्रकरणमा छानबिनमा सरकारले सहयोग गर्ने बताए। उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’
संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए। दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो।
शनिवार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो।


























