Breaking News
जलहरीबारे प्रधानमन्त्रीले आजै सम्वोधन गर्ने, सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति
०

काठमाडौं,जेठ १३-
तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।
साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको छ । आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























