अपराध

आईजीपी कुँवरको सचिवालयले भन्यो: प्रहरीको चेन अफ कमाण्डमाथि आँच आउने गरी समाचार आए

Banner

काठमाडौं, जेठ १०-

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको शंकास्पद भूमिकाबारे छापिएका समाचारमा असहमति जनाएका छन्।

बुधबार उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा आईजीपीको भूमिकाबारे आएका समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै असहमति जनाएको हो ।

कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको आइजिपी सचिवालयको दाबी छ । ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>