चितवन विशेष

देवघाटमा सुस्वास्थ्य केन्द्रको भवन उद्घाटन

Banner

चितवन, जेठ १०-

देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।

भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो केन्द्रको उद्घाटन गरेका हुन् । उपमेयर अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने विचार राखे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाट धामको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्दै उनले देवघाट धामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने बताए । अधिकारीले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न भरतपुर महानगरले तीव्ररुपमा काम गरिरहेको पनि बताए ।
देवघाट अब धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुन्छ उनले भने, ‘यो संकल्पसहित महानगरपालिका देवघाटको विकासमा अगाडि बढेको छ ।’

एशोसिएसन अफ नेपाली फिजिसियन्स इन अमेरिका र गुणनिधि खनाल मेमोरियल ट्रष्टको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो । देवघाटमा उक्त सुस्वास्थ्य केन्द्र स्थापना भएपछि सयौं वृद्धववृद्वाहरुले उपचार पाउने केन्द्रले जनाएको छ । केन्द्रमा सबै प्रकारका रोगको उपचार गरिनुको साथै औषधिको पनि व्यवस्था मिलाइएको छ । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सदन बरालसहित विभिन्न स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>