Breaking News

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई भोलिसम्म हिरासतमा राख्न अनुमति

Banner

काठमाडौं, जेठ ९-

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले भोलि नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताए ।

“हामीले हिजोबाट अध्ययन सुरु गरेका थियौँ, आज अध्ययन सकेर अभियोजन तयार पार्न सुरु गरेका छौँ,“ उनले भने । मुद्दामा सहन्यायाधिवक्ता नेउपानेसहितको आठजनाको टिमले अध्ययनसहित भियोजनको प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । नेउपानेका अनुसार अझै कुन कसुरमा मुद्दा अगाडि बढाउने निश्चित भएको छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ बुधबार यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म भोलि नै नत्र पर्सिसम्म अभियोग पत्र दर्ता गर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>