चितवन विशेष

नारायणी नदी किनारको सुस्त मनस्थिति केन्द्रलाई महानगरले दियो ई–रिक्सा

Banner

चितवन, जेठ ९-

भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्र (अटिजम विद्यालय) लाई ई–रिक्सा सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सो केन्द्रलाई संयुक्तरुपमा मंगलबार ई–रिक्सा प्रदान गरेका हुन् । ईरिक्सा मूल्यअभिवृद्धि करसहित चार लाख २५ हजार रुपैयाँमा खरिद गरिएको हो ।

भरतपुुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरु बालकुमारी बाहेक सबै आवासीय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीलाई आवतजावत गर्न समस्या हुने भएकाले ई–रिक्सा प्रदान गरिएको भरतपुुर महागनरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि, श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा अपाङ्गता स्रोत केन्द्र सञ्चालनमा छन् ।
भरतपुर महानगरपालिकाले विद्यार्थीलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । महानगरले विद्यार्थीलाई न्यानो कपडा, छात्रालाई साइकल, विभिन्न छात्रवृत्ति दिने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>