Breaking News

बागमतीमा मन्त्रीको भागबन्डा पुर्‍याउन मन्त्रालय कटौती,निर्णयबाट पछि हटे जम्कट्टेल

Banner

हेटौँडा, जेठ ८-

बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गठबन्धनका दलहरुलाई भाग पुर्‍याउन मन्त्रालयको कटौंती गरेका छन् ।

गत पुस २६ गते मुख्यमन्त्रीको शपथग्रहणपछि सीधै मुख्यमन्त्री कार्यालय पुगेर १४ मन्त्रालयबाट घटाएर कम्तीमा ९ देखि ११ मन्त्रालयभन्दा नबढाउने प्रतिबद्धता ब्यक्त गरेका उनले करिब साढे चार महिनामै आफ्नो निर्णयबाट पछाडि हटेका हुन् ।

तत्कालिन नेकपा एमाले, राप्रपासँगको गठबन्धनमा मन्त्रालय घटाएका उनी नयाँ गठबन्धन बनेसँगै भागबन्डाका लागि मन्त्रालय फुटाउन तयार भएका हुन् । बागमती प्रदेशको संसदीय शक्तिमा तेस्रो नम्बरमा रहेको माओवादी केन्द्रलाई सत्ता जोगाउन नेपाली कांग्रेस र नेकपा एसले मागेजति मन्त्रालय दिनुप¥यो । ११ वटाभन्दा बढी मन्त्रालय कुनै पनि हालतमा नबनाउने मुख्यमन्त्रीको अडान टिकेन । दोस्रो पटक विश्वासको मत लिएको ५८ दिनपछि उनले १२ सदस्यीय मन्त्रिपरिषद् बनाए । ११ मन्त्रालयमा १२ मन्त्री बनाएपछि उनलाई अब एक मन्त्रालय थप्नैपर्ने बाध्यता छ ।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ६ र नेकपा एसले २ मन्त्रालयको दाबी नछाडेपछि चुलिएको विवाद गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको बैठकमा सुल्झियो । सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्ने कार्यक्रममा समेत जम्कट्टेलले १४ बाट ११ मन्त्रालय बनाएको बुँदा उपलब्धि मानेका थिए ।

यसअघि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमडि पौडेलले ७ मन्त्रालयबाट ४३ महिना सत्ता सञ्चालन गरेका थिए । दोश्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ८ मन्त्रालय बनाएकी थिइन् । राजेन्द्र पाण्डेले गठबन्धनमा भाग पु¥याउन ८ बाट एकैपटक १४ वटा मन्त्रालय बनाएका थिए भने राज्यमन्त्रीसहित १८ जना मन्त्री बनाएपछि उनको चर्को आलोचना भएको थियो । पाण्डेको जनस्तरबाटै चर्को आलोचना भएपछि मुख्यमन्त्री जम्कट्टेले ११ वटा मन्त्रालयमात्र बनाएर जनतालाई शुसासनको प्रत्याभूति दिलाउने घोषणा गर्दै आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>