चितवन विशेष

बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीको प्रतिबद्धता: हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउँछु

Banner

चितवन, जेठ ८–

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा मात्र निहित हुन नहुने बताएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौंडामा सम्पन्न ‘स्वास्थ्य सबै नीतिमा सम्बन्धित’ विषेयक कार्यशाली गोष्ठीमा मन्त्री जोशीले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा निहित रहेको भन्दै हुँदा खानेको पनि पहुँच पुग्नुपर्ने विचार राखे । यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री जोशीले प्रदेशको स्वास्थ्य सेवाको अवस्थामा सुदृढीकरण गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता गरे । यसका लागि सबै मन्त्रालयहरुको साथ र सहकार्यको अपेक्षा रहेको उनले बताए । प्रदेशमा बन्ने सबै नीतिहरु स्वास्थ्यको दृष्टिकोणबाट विष्लेषण गरी सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

यस्तै समुदायका सबै पक्षहरु तथा सरकारका सबै अंगहरुको समन्वय र सहकार्यबाट मात्रै सबैलाई स्वास्थ्यको पहुँचमा पुराउन सकिने उनको भनाइ थियो । सबैका लागि स्वास्थ्यको लक्ष्य हासिल गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेको मन्त्री जोशीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>