अपराध

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस: १६ थुनामा, १६ फरार

Banner

काठमाडौं, जेठ ८

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>